१.१ ऐतिहासिक पृष्ठभूमि : 

नेपालको कर्णाली प्रदेशको दैलेख जिल्लाको दक्षिणी भेगमा अवस्थित चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ तिजकोडाँडामा यस श्री हिमालय माध्यमिक विद्यालय गोगनपानी वि.स. २०४४ सालमा स्थापना भई २०४४।१२।१८ सालमा प्रा.वि. तहमा स्वीकृति प्राप्त गन्यो । यहाँका समाजसेवी शिक्षाप्रेमी महानुभावहरुको सोच अनुसार २०६५ सालमा कक्षा ६ संचालन गर्न अनुमति र कक्षा ७संचालन वि.सं. २०६६ सालमा उक्त कक्षाहरु ६ र ७ स्वीकृति पाई नि.मा.वि. भयो । पछि गएर वि.स. २०६७ सालमा कक्षा ८ र २०७८ मा कक्षा ९ तथा २०७९ मा कक्षा १० संचालन गर्ने अनुमति पाई माध्यामिक तहको पठन पाठन सुरु भयो र हाल सम्म दुइ वर्षको अन्तरालमा धेरै संख्यामा विद्यार्थीहरु SEE मा उतीर्ण भएका छन् । माध्यमिक तहको कक्षा संचालन भएपछि धेरै विद्यार्थीहरु जो आर्थिक अवस्थाका कारण पढाई छोड्न वाध्य भएका कैयौ विद्यार्थीहरुले घरमै बसी SEE को पढाइ पुरा गर्न सफल भएका छन । 

यस विद्यालयमा दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनि नगरपालिकाको १ नं वडाक चापागाउँ, भिरमान्म, सारुटोल, पौडेलटोलका सम्पूर्ण भागबाट , २ नं वडाको बाजथला, पुनडाँडा, चाल्ने, राम्तिका भागवाट विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् । विद्यालयले सरकारी तथा गैह्र सरकारी संघ संस्था र अभिभावकसँग सहकार्य तथा आर्थिक स्रोत जुटाउदै १७ कोठा भएका ६ वटा विद्यालय भवन निर्माण गरेको छ । २ वटा कोठा भएको एउटा शौचालय रहेका छन् । छुट्टै पुस्तकालय नभएको, केही मात्रामा विज्ञान सम्वन्धी सामग्री र कम्प्युटर ल्याबमा ८ वटा कम्प्युटर, ४ थान ल्यापटप र २ थान प्रिन्टर रहेका छन् । केही मात्रामा भौतिक सामग्री भए पनि अझ केहीको आवश्यक टड्कारो देखिन्छ । 

विद्यालय स्थापना काल देखि हाल सम्मको अवस्थामा ल्याई पुऱ्याउने महान व्यक्तिहरुमा श्री दान बहादुर पौडेल, तुलाराम खत्री, कृष्ण प्रसाद भट्टराई, बल बहादुर पुन, मन बहादुर सिजाली, कविराम थामी, रंग वहादुर तामाङ लगायत शिक्षा संग प्रत्यक्ष रुपमा सरोकार राख्ने शिक्षा प्रेमी तथा बुद्धिजीविहरुका साथै वि.व्य.स. को अध्यक्षताको पदभार ग्रहण गरि सेवा पुऱ्याउने अन्य व्यक्तिहरुमा श्री दान बहादुर पौडेल, तुलाराम खत्री, कृष्ण प्रसाद भट्टराई, मन वहादुर सिजाली, रंग बहादुर तामाङ, सुर्य बहादुर सारु, कलम बरै, सिवराम कामी, लाल वहादुर पौडेल, रंग वहादुर सारु, उदय कामी, पदम बहादुर राना (वर्तमान) हुनुहुन्छ भने विभिन्न समयमा हुनुभएका प्र.अ.हरुमा अम्मर बहादुर खत्री, कुमार खतिवडा, पदम वहादुर राना, पूर्ण प्रसाद कडेल, हर्क वहादुर विक (वर्तमान) र अन्य शिक्षकहरुको योगदान पनि उल्लेखनिय रहेको छ ।